२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिर्वाचनमा मिथ्या,भ्रामक र घृणास्पद अभिव्यक्ति फैलन नदिन सञ्चारमाध्यम थप जिम्मेवार हुनुपर्ने नागरिक समाजको जोड

निर्वाचनमा मिथ्या,भ्रामक र घृणास्पद अभिव्यक्ति फैलन नदिन सञ्चारमाध्यम थप जिम्मेवार हुनुपर्ने नागरिक समाजको जोड


काठमाडौं । नेपालमा निर्वाचनका समयमा मिथ्या ,भ्रामक र घृणास्पद अभिव्यक्ति फैलन नदिन सञ्चारमाध्यम तथा पत्रकारले थप जिम्मेवार बहन गर्नुपर्ने नागरिक समाजले जोड दिएका छन् ।

नेपाल मतदाता अधिकार मञ्चले आयोजना गरेको “निर्वाचनमा फैलने मिथ्या, भ्रामक एवं गलत सूचना र घृणास्पद अभिव्यक्ति नियन्त्रणमा सञ्चार जगतको भूमिका” विषयक एक अन्तक्र्रियामा करिब ३० वटा मिडिया हाउसका प्रतिनिधिहरु सहभागि भएका थिए । सो कार्यक्रमा मिथ्या, भ्रामक सुचना रोक्न मिडियाले थप जिम्मेवार बन्न आग्राह गरेका छन् ।

अन्तक्र्रियामा करीब ४५ मिनेटको “निर्वाचनमा मिथ्या, गलत सूचना र घृणास्पद अभिव्यक्ति” विषयमा कार्यपत्र प्रस्तुत अधिवक्ता सन्तोष सिग्देलले गरेका थिए। उनले निर्वाचनका समयमा र त्यस बाहेको समयमा पनि यस्ता खालका सूचना सञ्चारमाध्यम तथा समाजिक सञ्जालबाट बढी सम्प्रेषण भएको उल्लेख गरेको थिए ।

कार्यक्रमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका समयमा सञ्चारमाध्यमले पूर्णरुपमा आचारसंहितको पालना गरे मात्र मिथ्या तथा घृणास्पद रोक्न सकने बताएका छन । ुनिर्वाचनको समयमा गैरपत्रकारले मिथ्या सूचना सम्प्रेषण हुने गरेको धेरै पाएको तथ्य हामी सँग छ त्यसकारण यसलाई सबै मिलेर रोक्नु पर्छ । साथै निवार्चनको समयमा सामाजिक सञ्जालबाट हुने भ्रामक तथा मिथ्या सूचना नियन्त्रणमा राज्यले नै विशेष कमद चालन जरुरी रहेको बताए ।

अनलाइन खबर डटकमका सम्पादक शिव गाउँलले मिथ्या, भ्रामाक तथ घृणास्पद अभिव्यक्ति सञ्चारमाध्यमको हातमा मात्र नियन्त्रण गर्ने संयन्त्र नरहेको बताए । निवार्चन समयमा मिथ्या तथा भ्रामक समाचार सम्प्रेषण गर्नबाट रोक्न पनि अहिले पाठक आफैँ भुमिकामा आउनु पर्छ किन भने सूचना प्रविधिले गर्दा सञ्चारमाध्यम सबैको हातमा रहेको छ ।

त्यसैगरी नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा सञ्चारमाध्यमले सही सूचना मात्र सम्प्रेषण गरे मिथ्या तथा गलत सूचना प्रवाह हुनै सकिदैन । त्यसकारण हामी जिम्मेवार हुनु जरुरी रहेको छ भने बताए। निर्वाचनका समयमा अत्याधिक मात्रामा मिध्या र गलत सुचना प्रवाह भइरहेको हुँदा सचेत हुन आग्रह गरे ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले सम्बोध गर्दै भने आज मिडियाभन्दा बाहिरका अन्य पक्ष मिध्या तथा भ्रमाक सुचना फैलाउनमा क्रियाशिल रहेको छ । मिथ्या, भ्रमपूर्ण सूचना सञ्चारमाध्यमभन्दा बाहिरबाट हुने गरेको हुनाले निणन्त्रण गर्न मुस्किल रहेको बताए ।
कार्यक्रमका अध्यक्षता गर्नु भएका मञ्चका अध्यक्ष भक्त विश्वकर्माले निर्वाचनमा समयमा सञ्चारमाध्यमबाट मिथ्या, गलत र घृणास्पद अभिव्यक्ति प्रवाह धेरै नै भएको पाइएको छ । यस्ता सुचनाको प्रवाह रोक्ने उद्देश्य साथ यस विषयमा छलफलको शुरुवात भएको बताए।

 


क्याटेगोरी : समाचार, समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ