काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले मनोनयन दर्ता गरेका छन् ।
कात्तिक १७ गते सोमबारका दिन काठमाडौंमा आयोजित मनोनयन दर्ता कार्यक्रममा सम्प्ृणर् व्यावसायिक समस्याको समाधान गर्न आफ्नो समूह सक्ने भएकाले मतदाताले आफूलाई विजयी बनाउने प्रधानको विश्वास रहेको छ ।
महासंघ राजनितिबाट टाढा रहे मात्र देशको अर्थतन्त्र जोगाउन सकिने उनले बताए । भावी अध्यक्ष शेखर गोल्छाको समेत साथ रहेकाले उनको कार्यकाल सफल बनाउन पनि उनले रोजेको समूह नै अगाडि आउने प्रधानले विश्वास व्यक्त गरे ।
प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उमेदवारी घोषणा गरेका छन् । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको छ ।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ । गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोरोना महामारीका कारण स्थगित भएको थियो ।