२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु

राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु


नेपाल राष्ट्र बैंकले अनलाइनबाट जुवा नखेल्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजी कार्यहरु गैर कानुनी भएकाले यस्ता कारोबार सहभागी नहुन सर्वसाधारणलाई आग्रह गरेको छ ।

राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति/समुह/संस्थालाई कानूनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिने समेत चेतावनी दिएको छ ।

राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोवाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

त्यस्तै कसैले विद्युतीय भुक्तानीका माध्यमवाट जुवा तथा बाजीजन्य कार्य गरेको जानकारी प्राप्त भएमा राष्ट्र बैंकलाई जानकारी गराउन आग्रह गरेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल राष्ट्र बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ