काठमाडौं – महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा पुस २९ गते बस्ने भएको छ ।
उक्त सभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्याङ्केट, नेपाल स्काउट कम्पाउण्डमा बिहान १० बजेबाट सुरु हुनेछ ।
बैंकको पुस ९ गते बसेको सञ्चालक समितिको ५५० औं बैठकले गत आर्थिक २०७८/७९ संचित मुनाफाबाट शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजीको ४ प्रतिशतका दरले हुन आउने १६ करोड ४ लाख ३५ हजार ३३१ रुपैया बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै बैंकले हाल कायम चुक्ता पुँजीकै ६.४७ प्रतिशतका दरले हुन आउने २५ करोड ९५ लाख ४ हजार १४७ रुपैयाँ बराबरको नगद लाभाश बितरण (लाभांशमा लाग्ने कर सहित) गर्ने प्रस्ताव गरेको हो ।
यस्तै, आर्थिक वर्ष २०७८-७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १८ बुक क्लोज गर्ने निणर्य गरेको छ । पुस १७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।