२०८१ माघ १७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा

मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा


काठमाडौं – मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा पुस ३० गते बस्ने भएको छ । उक्त सभा कास्की पोखरास्थित होटल पोखरा गा्रण्डमा बिहान १० बजेबाट सुरु हुनेछ ।

लघुवित्त संस्थाको पुस ८ गते बसेको सञ्चालक समितिको २८६ औं बैठकले कम्पनीको १६ औ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

त्यस्तै उक्त बैंठकले गत आर्थिक २०७८/७९ नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजीको १३.५ प्रतिशत बोनश शेयर र ०.७१ प्रतिशतका दरले (बोनश शेयरको कर प्रयोजार्थ समेत गरी) बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । पुस १९ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ