२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गदैं, आज बोलकबोल हुने

राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गदैं, आज बोलकबोल हुने


काठमाडौं-नेपाल राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१,१८२ र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । पुस १२ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज अनलाइनमार्फत दिउँसो २ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ६ अर्ब ५० करोड २५ लाख रुपैयाँको, १८२ दिनको लागि १० अर्ब रुपैयाँको र ३६४ दिनको लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने लागेको हो ।

त्यस्तै ९१ दिनको चैत १४ गते, १८२ दिनको २०८० असार १२ गते र ३६४ दिनको २०८० पुस १० गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल राष्ट्र बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ