काठमाडौं । आज नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४.०७ विन्दुमा पुगेको छ ।
आज शेयर बजरमा २५० कम्पनीको ५६ लाख ५३ हजार ५३ कित्ता शेयर २ अर्ब करोड ९ लाख ७० रुपैयाँ बराबरको किनबेच भयो । आज शेयर बजारमा २०३ वटा कम्पनीको शेयरको मूल्य बढेको छ भने ४ वटा कम्पनीको मूल्य घटेको छ ।
बजारमा आज नेपाल नेपाल टेलिकमको शेयर २० करोड ८८ लाख ७ हजार २४४ बराबर रुपैयाँमा खरिद बिक्री भए सँगै कारोबार रकमको आधारमा शीर्ष स्थानमा रह्यो ।
त्यस्तै हिमालयन डिस्टिलरीको ११ करोड ११ लाख ४७ हजार ०७७, नबिल बैंक ९ करोड ११ लाख २१ हजार १५० र रिडी पावर कम्पनीको ७ करोड २६ लाख १७ हजार ४०७ बराबरको सेयर कारोबार भएको छ ।
आजको कारोबारमा गोखार्ज फाइन्नासको १० प्रतिशत धौलागिरि,खप्तड र सिर्जनशिल लघुवित्तको ९.९. प्रतिशत र रिलायन्स फाइन्नासको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
त्यस्तै, नेपाल टेलिकमको ५.५६, सिवाइसी लघुवित्तको ४.६७, सिद्वार्थ इन्भेष्टमेन्टको शेयर मूल्य २.२७ प्रतिशतले घटेको छ ।