काठमाडौं – आँघिखोला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा माघ १३ गते बस्ने भएको छ । उक्त सभा स्याङ्जा वालिङस्थित होटल गाउँबेशीमा बिहान ११.३० बजेबाट सुरु हुनेछ ।
लघुवित्त संस्थाको पुस २१ गते बसेको सञ्चालक समितिको १६६ औं बैठकले कम्पनीको छैठौं औ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
त्यस्तै उक्त बैंठकले गत आर्थिक २०७८/७९ नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पुँजी ११ करोड ९० लाखको ३० प्रतिशतका दरले हुन आउने ३ करोड ५७ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्नै प्रस्ताव गरेको छ ।
त्यस्तै हाल कायम चुक्ता पुँजीकै १.५८ प्रतिशतका दरले हुन आउने १८ लाख ७८ हजार ९४७ रुपैयाँ बराबरको नगद लाभाशं (बोनश शेयरमा लाग्ने कर बापतको रकम) वितरण गर्ने प्रस्ताव रहेको छ ।
साथै सभाले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । माघ २ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।