२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारघट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं-सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आइतबार राति  १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो ।  निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको ३ रूपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ घटाएको छ ।

निगमद्वारा जारी विज्ञप्तिमा अब पेट्रोल १७५ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ । यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टीतेलको १७५ रूपैयाँ थियो ।त्यस्तै नयाँ मूल्यअनुसार हवाई इन्धन (आन्तरिक) को भाउ लिटरको १७० रूपैयाँ भएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ बढेर आएको भए पनि नाफाका आधारमा नेपाली बजारमा भाउ कम गरिएको निगमले जनाएको छ ।एलपी ग्यासको भने मूल्य यथावत एक हजार ८ सय रूपैयाँ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल आयल निगम


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ