२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही

राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही


काठमाडौ । नेपाल राष्ट्र बैैैकले नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा लगानी नगर्ने आग्रह गरेको छ ।

राष्ट्र बैंकले आज एक सुचना जारी गदै विदेशी विनिमय ऐन २०१९ को दफा १० क ले विदेशमा लगानी गर्ने प्रतिबन्धित गरेको र सोहि ऐनको ९ ग ले तोकिएको व्यवस्था बमोजिम बाहेक नेपालमा बसोबास गर्नै व्यक्तिले कुनैपनि तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्य गर्ने प्रतिबन्धित गरेको हुदाँ नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा लगानी हुने गरी कुनै पनि कार्य नगर्ने अनुरोध गरेको छ ।

राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्ने जानकारी गराएको हो ।

त्यस्तै केन्द्रिय बैंकले लगानी सम्बन्धी प्रचारप्रसार नगर्नसमेत आग्रह गरेको छ । त्यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने राष्ट्र बैंकले जानकारी गराएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल राष्ट्र बैैैक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ