काठमाडौं । नेपाल बैंक लिमिटेडको ६३ औं वार्षिक साधारण सम्पन्न भएको छ ।
शुक्रबार नेपाल बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गर्दै सम्पन्न भएको छ ।
सभाले हालको चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१.३० को २ प्रतिशतका दरले हुन आउने २८ करोड ८१ लाख १८ हजार ९६.६३ रुपैया बराबरको बोनस शेयर र चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने १ अर्ब ४४ करोड ५ लाख ९० हजार ४८३.१३ रुपैया बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
साथै, सभाले बोनस शेयर वितरणपछी बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार ९२७.९० कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
यस्तै, सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्ने लगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।