काठमाडाैं । सरकारले पोखरामा यति एयसलाइन्सको एटीआर विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ ।
विमान दुर्घटना पछी मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निणर्य गरेकाे प्रवत्ता अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दार कार्यलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्रहरूलाई निर्देशित गरेको छ।
बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठनसमेत गरेको छ। आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ।
सरकारले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निणर्य गरेको छ। पार्थीव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निणर्य पनि गरेको छ।
साथै सबै हवाइजहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ। त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेको छ।