२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ


काठमाडौं। नेपाली बजारमा साेमबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबारको तुलनामा साेमबार चाँदी तोलामा ५ रुपैयाँ बढेको हो। साेमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ