काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूणर् अस्पताललाई उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत अनिवार्य रुपमा छुट्याउन निर्देशन दिएको छ ।
बुधबार मन्त्रालयले एक परिपत्र जारी गर्दै मन्त्रालयको निकायले गरेको अनुगमनमा विभिन्न कुराहरुको पालना नभएको देखिएकाले यी कुरामा ध्यानाकर्षण गराउँदै एक परिपत्र जारी गरेको हो ।
त्यस्तै, मन्त्रालयले अस्पतालाहरुलाई पार्किङ शुक नउठाउन पनि निर्देशन दिएको छ । बिरामीले स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्दा लाग्ने शुल्क, प्रत्रिया तथा अवधिसमेत खुलाएको बडापत्र अस्पतालको अग्रभागमा देखिन पर्ने गरी राख्नुपर्ने कुरा पनि जनाएको छ ।
मन्त्रालयले परिपत्रमा जनशक्तीलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको गुनासोहरु आएको जनाउँदै अस्पतालहरुलाई कानुनमा भएका सम्पूणर् व्यवस्थालाई पालना गर्न अनुरोध गरेको छ । कानुनको पालना नभएको खण्डमा मन्त्रालयले कानुन बमोजिम कारबाही गर्ने कुरा पनि उक्त परिपत्रमा उल्लेख गरिएको छ ।