काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक निति मापंर्mत विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने सहटी सविधा बढेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधावापत् १ वर्षमा २ पटकसम्म अमेरिकी डलर २ हजार ५ सम्म सटही सुविधा उपलबध गराउने भएको हो । हाल त्यस्तो सुविधा अमेरिकी डलर १ हजार ५ सय बराबर मात्रै थियो ।
राष्ट्र बैंकले आवसीय कर्जाको सीमा पनि बढाएको छ।
राष्ट्र बैंकले चालु आर्थिकको मौद्रिक नीतिमार्फत् पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँलाई बढाएर .२ करोड रुपैयाँ पुराएको छ ।
त्यस्तै,शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने घोषणा मौद्रिक नीतिले गरेको छ ।