२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसामान्य अंकले घट्यो सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार


काठमाडौं । साताको दोस्रो कारोबारको दिन आज सेयर बजार सामान्य अंकले घटेको छ ।

आज नेप्से परिसूचक ५ं.०२ अंकले बढेर २०७५.८३ अंकमा बन्द भएको छ ।

आज २७९ कम्पनीको ५३ लाख ८० हजार ६७८ कित्ता सेयर २ अर्ब ८ करोड ५ लाख ४२ हजार १६०.६० रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज कारोबार आएका मघ्ये ६६ कम्पनीको शेयरको मूल्य बढेको छ भने १४९ कम्पनीकोे शेयरको मूल्य घटेको छ । त्यस्तै, ९ वटा कम्पनीको शेयरको मूल्य स्थिर रहेको छ ।
बजारमा आज आईएमइ लाइफ इन्स्योरेन्सको सेयरको सबभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ११ करोड २४ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, सोल्टी होटलको १० करोड ८७ लाख ३२ हजार रुपयाँ,घोराही सिमेन्टको ८ करोड ९८ लाख ४ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकको सेयर ६ करोड ५५ लाख २५ हजार रुपैयाँ र सानिमा बैंकको ५ करोड ९४ लाख ८१ हजार रुपैयाँमा खरिद बिक्रि भएको छ ।

आजको दिन थ्रीस्टार हाइड्रोपावरको सेयरको मुल्य ९.९८ प्रतिशत, अप्पर स्याङ्गे हाइड्रोपावरको ९.९७ प्रतिशत र सीवाईसी लघुवित्तको ७.४४ प्रतिशतले बढेको छ भने सिद्वार्थ प्रिमियम इन्स्योरेन्सको ६.४ प्रतिशत, बुद्ध भुमी हाइड्रोपावरको ४.८० प्रतिशत र हिमालयन उर्जा विकासको हाइड्रोपावरको ४.२९ प्रतिशतले सेयरको मूल्यमा गिरावट आएको छ ।

आज ८ वटा उपसमूह राताम्मै भएको छ भने ५ वटा उपसमुहमा हरियाली छाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ