२०८१ माघ २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारले थप ५० लाख डोज कोभिड-१९ विरुद्धकाे खोप खरिद गर्दै

सरकारले थप ५० लाख डोज कोभिड-१९ विरुद्धकाे खोप खरिद गर्दै


काठमाडौं— सरकारले ५० लाख डोज ‘कोभिसिल्ड’ खोप खरिद गर्ने तयारी गरेको छ । सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादीत कोभिसिल्ड खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः खरिद गर्न लागेको हो । यसअघि ४ डलरमा २० लाख खोप खरिदको सम्झौता भइ १० लाख खोप आइसकेको छ ।

सरकारले आगमी २३ फागुनदेखि दोस्रो चरणको खोप अभियान संचालन गर्दैछ । ८ माघमा भारतले १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएपछि १४ माघबाट अभियान सुरु गरिएको हो । हालसम्म ४ लाख २८ हजारले खोप लगाइसकेका छन् ।

कोभिड-१९ विरुद्धको खोप अभियानमा दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका नागरिकहरु, ४० देखि ५४ वर्ष उमेर समुह मध्ये तोकिएका दीर्घ रोग भएका व्यक्तिहरु र तोकिएका दीर्घरोगी प्रवासि कामदार र शरणार्थीहरुलाई खोप लगाउने लक्ष्य लिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ