२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहवाई इन्धन बढेसँगै हवाई भाडा बढ्यो

हवाई इन्धन बढेसँगै हवाई भाडा बढ्यो


काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको  मूल्य बढाए सँगै हवाई भाडा पनि बढेको छ । निगमले हवाई इन्धनमा प्रति लिटर ५ रुपैयाँका दरले बढाएको हो ।

हवाई इन्धनको मूल्य बढेसँगै फागुन २१ गते लागु हुने गरी वायुसेवा सञ्चालक संघले विभिन्न गन्तव्यमा हवाईभाडा बढाएको हो । हवाई भाडा बढाउनका लागि नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरिसकेको छ ।

संघले गन्तव्यअनुसार न्युनतम २० रुपैयाँ देखि अधिकतम २०० रुपैयाँसम्म भाडादर वृद्धी गरिएको छ । हवाई भाडादर बढीमा काठमाडौं—धनगढीको गन्तव्यमा २२० रुपैयाँ र कम मा डोटी—साँफेबगरको गन्तव्यका लागि २० रुपैयाँ बढेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ