२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. ढकालको नेतृत्वमा अष्ट्रेलियन नेप्लीज मेडिकल एण्ड डेन्टल एसोसिएसनको नयाँ कार्यसमिति

डा. ढकालको नेतृत्वमा अष्ट्रेलियन नेप्लीज मेडिकल एण्ड डेन्टल एसोसिएसनको नयाँ कार्यसमिति


काठमाडौं— अष्ट्रेलियन नेप्लीज मेडिकल एण्ड डेन्टल एसोसिएसन (एन्म्डा)को नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

एन्म्डाको १८ नोभेम्बरमा लन्चेष्टनमा भएको अधिवेशनले २ वर्षका लागि डा.महेश ढकालको नेतृत्वमा १५ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा क्रमसः डा. सुजाता थपलिया र डा. मिलन पिया चयन भएका छन् यसैगरी, महासचिवमा डा. सन्देश पन्त, कोषाध्यक्षमा डा. मिरेन्द्र शाक्य तथा सहसचिवमा डा. अमृत पोखरेल निर्वाचित भए ।

अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा डा. पवन प्याकुरेल, नर्दन टेरिटोरीमा डा. ऋतेष भण्डारी, क्वीन्सल्याण्ड डा. अतुल धिताल, साउथ अष्ट्रेलियामा डा. अर्जुन बुर्लाकोटी संयोजक चयन भएका छन् ।

यसैगरी, तास्मानियामा डा. निरज उप्रेती, भिक्टोरियामा डा. विकास अवाले, वेस्टर्न अष्ट्रेलियामा डा. नवीन दंगाल र न्युजिल्याण्डमा डा. निरञ्जन शर्मा संयोजक चुनिएका छन् ।

एनएसडब्लूयुको संयोजक भने पछि चयन हुने नवनिर्वाचित अध्यक्ष डा. ढकालले जानकारी दिए । डा. ढकाल यसअघिको कार्यकालमा तास्मानियाको संयोजकको भूमिका थिए ।

‘अष्ट्रेलिया र न्युजिल्याण्डमा छरिएर रहेका चिकित्सकहरुलाई एशोसिएसनको छातामुनि ल्याउने मेरो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘जुनियर डाक्टरमुखी कार्यक्रमहरु पनि अगाडि बढाउँछौं ।’ संस्थाले सीएमई, वेविनारजस्ता कार्यक्रमहरु गर्दै आएको छ । अधिवेशनमा ३६ जनाभन्दा बढी नेपाली चिकित्सकहरु सहभागी थिए ।

डा. ढकालका अनुसार अष्ट्रेलियामा नेपाली चिकित्सकहरुको एकिन तथ्यांक नभएपनि झण्डै ४ सय देखि ५ सय हाराहारीमा हुन सक्ने आँकलन छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ