गृहपृष्ठ ∕ समाचार ∕ कैलाश सिरोहियालाई आज पुनः अदालत लगिँदै कैलाश सिरोहियालाई आज पुनः अदालत लगिँदै Karobarpati शुक्रबार, २०८१ जेठ ११ गते, १०:४३ मा प्रकाशित काठमाडौं— नागरिकता प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुप ९केएमजी० का अध्यक्ष कैलाश सिरोहियालाई शुक्रबार दोस्रोपटक अदालत पेस गरिँदै छ। धनुषा प्रहरीका प्रवक्ता, डीएसपी रञ्जन अवाका अनुसार अनुसन्धान जारी रहेकाले सिरोहियालाई दोस्रोपटक म्याद थप्न जिल्ला अदालत पेस गर्न लागिएको हो। ‘बुधबार अदालतले पहिलोपटक दिएको ३ दिनको म्याद आजबाट सकिँदै छ त्यही भएर पुनः म्याद थपका लागि अदालत पेस गर्न लागिएको हो,’ उनले भने। गत बुधबार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई ३ दिन (आजसम्म) हिरासतमा राखेर नागरिकता कसुरमा अनुसन्धान गर्न अनुमति दिएको थियो। प्रहरीले पहिलोपटक ५ दिन हिरासतमा राख्न माग गर्दै सिरोहियालाई बुधबार अदालतमा पेस गरेको थियो। नागरिकता कसुरमा सिरोहियालाई मंगलबार साँझ काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी धनुषा लगिएको थियो। क्याटेगोरी : समाचार ट्याग : #कैलाश सिरोहिया तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग