गृहपृष्ठ ∕ समाचार ∕ सिद्धबाबा सुरुङ निर्माण गर्न १३ जेठदेखि विस्फोट गराइँदै सिद्धबाबा सुरुङ निर्माण गर्न १३ जेठदेखि विस्फोट गराइँदै Karobarpati शुक्रबार, २०८१ जेठ ११ गते, १६:०१ मा प्रकाशित काठमाडौं सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न १३ जेठदेखि विस्फोट गराउने काम सुरु गरिने भएको छ । आयोजनाका अनुसार २ जेठमा जिल्ला सुरक्षा समिति रुपन्देही र १० जेठको सुरक्षा समिति पाल्पाको निर्णय अनुसार १३ जेठदेखि विस्फोटको काम सुरु गर्ने निर्णय भएको हो । यो सुरुङमार्ग चाइना स्टेट इन्जिनियरिङले बनाइरहेको छ । नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोट गराइने र विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवगमन रोकिने आयोजनाले सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा सुरुङ बन्दैछ । विस्फोटको पूर्वाभ्यास शुक्रबार गरिएको छ । शुक्रबार निर्माण स्थलमा नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा विस्फोटको पूर्वाभ्यासको काम गरिएको सिद्धबाबा टनेल प्रोजेक्ट अफिसले जानकारी गराएको छ । आयोजनाले पछिल्लो समय सार्वजनिक गरेको अपडेट अनुसार सुरुङ मार्गको भौतिक प्रगति ११।४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको छ । मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । यहाँ कुल १ हजा १२६ मिटर लामो सुरुङ बन्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने