२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर

नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर


 

काठमाडौं । आज फागुन २५ गते बसेको मन्त्रिपरिषद् बैंकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्र नियुक्त गरेको छ ।

ढुंगाना राष्ट्र बैकको  सार्वजनिक ऋण व्यवस्थापन विभाग र मिश्र विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यगत थिए । ढुंगाना नेपाल राष्ट्र बैंकको महिला डेपुटी गभर्नरमा पहिलो पटक नियुक्त भएकी छिन् ।

शिवराज श्रेष्ठ र चिन्तामणी शिवाकोटीको ५ बर्षे कार्यकाल पुरा गरी फागुन १८ गतेबाट अवकाश पाएपछि दुवै डेपुटी गर्भनरको पद खाली थियो ।

राष्ट्र बैंकको गभर्नर माहप्रसाद अधिकारीको सिफारिसमा मन्त्रिपरिषदले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

डेपुटी गभर्नर नियुक्तिको लागि गभर्नरले ४ जना कार्यकारी निर्देशकको नाम सिफारिस गरेका  थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल राष्ट्र बैैक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ