२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेडिसिटी अस्पताल र एन्फा बीच सहकार्य

मेडिसिटी अस्पताल र एन्फा बीच सहकार्य


काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र अखिल नेपाल फुटबल संघ बीच चैत ८ गते आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा द्वीपक्षीय सम्झौता भएको छ ।

खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट र उच्चस्तरीय उपकरणसहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालले नेपाली फुटबलको नियामक निकाय एन्फासँग सम्झौता गरेको छ ।

उक्त सम्झौताअनुसार नेपाल मेडिसिटी अस्पतालले एन्फासँगको सहकार्यमा खेलाडीहरुको सुस्वास्थ्य एवं आरोग्यमा विशेष ध्यान पुर्‍याएर उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि अब्बल बनाउने अभियानमा नेपाल मेडिसिटी अस्पतालको स्पोर्टस् मेडिसिन विभागले सहयोग गर्नेछ ।
खेल कार्यक्रमहरुमा आकस्मिक तथा प्रारम्भिक स्वास्थ्य उपचारको सारथीका रुपमा अस्पतालले सक्रिय भूमिका निभाउनेछ । अस्पतालले खेलाडीहरुलाई उपचारका क्रममा क्यासलेस सेवा समेत प्रदान गर्नेछ । सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा एन्फा महासचिव इन्द्रमान तुलाधर र नेपाल मेडिसिडी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. राज राणा, फिजियोथेरापिष्ट जयराम महर्जन, मार्केटिङ विभागका नवीन बज्राचार्य उपस्थित रहेका थियो ।

नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले स्वदेशमै सम्पूणर् उपचार उपलब्ध गराउने उद्धेश्य राखेको अस्पतालले राष्ट्रका गहना मानिने खेलाडीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न पाएकोमा गौरवान्वित भएको प्रतिक्रिया दिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ