विराटनगर । तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
सहकारीले चैत ११ गते विराटनगरको हाम्रो जेष्ठ नागरिक हातेमालो सेवा समाजलाई १० थान कुर्सि प्रदान गर्नुका साथैे ८४ बर्ष भन्दा माथिका १७ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
उक्त सम्मान कार्यक्रमा सहकारीका मुख्य प्रबन्धक मन्दिप खवासले ८४ बर्षभन्दा माथी १७ जना जेष्ठ नागरिकलाई दोसल्ला , माला र अविर लगाएर सम्मान गरेका थिए ।
त्यसैगरी चैत १२ गते सरस्वती उच्च मा.विका जेहन्दार विद्यार्थीलाई संस्थाको बिराटनगर शाखा प्रमुख सुरुची पोखरेलले शैक्षिक सामाग्री वितरण गरिन।

संस्था सामाज प्रति उत्तर दायित्व रहेकाले समय समयमा यस्ता सामाजिक उत्तर दायित्वको कार्यक्रम आयोजना गर्ने शाखा प्रमुख पोखरेलले जानकारी गराइन ।

५ हजार भन्दा बढी सेयर सदस्य रहेको तुलसी सहकारीको बिराटनगर केन्द्रिय कार्यालय अन्तर्गत झापाको दमक, उदयपुरको गाईघाटमा आफ्नो सदस्य सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिदै आएको छ ।
