२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकाठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा १० दिन लम्बियो

काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा १० दिन लम्बियो


काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ सम्मका लागि निषेधाज्ञा जारी गरिएकाे छ  ।

काठमाडौँ,भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले थप १० दिनका लागि निषेधाज्ञा थप गरी ३१ जेठसम्म लम्ब्याउने निणर्य गरेको हो ।
उक्त बैठकले फलफुल पसल, किराना पसल, मासु, दुध र ग्यासको पसल, स्टेशनरी र डिपार्टमेन्ट स्टोर विहान ९ बजेसम्म खुल्न दिइने निणर्य गरेको छ ।
त्यस्तै, निर्माण सामग्री ढुवानी गाडी रातिको समयमा चल्न दिइने निणर्य भएको जनाइएको छ । यसअघि जेठ १४ देखि लगाइएको निषेधाज्ञा जेठ २० गते राति १२ बजेबाट सकिँदैछ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ