२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित थपिए


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमका अनुसार मंगलबार काठमाडौँ उपत्यकामा ६ सय ४७ सहित थप १३ सय ५६ जना कोरोना पुष्टि भएको छ।
नेपालमा संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ। जसमध्ये १८ हजार १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार उपत्यकाको काठमाडौमा ५ सय ११ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा ७३ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या ८ सय २३ रहेको छ। उपचार पछि निको हुने संक्रमितको संख्या ४६ हजार २ सय ३३ जना रहेको छ ।

पछिल्लो २४ घन्टामा थप २ संक्रमितको  मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ४ सय २९ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ