२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल धितोपत्र बोडबाट पायो अनुमति सिद्धार्थ बैकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने

नेपाल धितोपत्र बोडबाट पायो अनुमति सिद्धार्थ बैकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने


काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको छ।
बोडले बैंकलाई एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ८० करोड रुपैयाँ प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्न मिल्ने गरी अनुमति दिएको हो ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। बैंकले ८.५ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो । बैंकले प्रति इकाइ एक हजार रुपैयाँको दरमा १२ लाख इकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ ।

सर्वसाधारणले ऋणपत्र खरिद गरे पछि प्रत्येक ६र६ महिनामा ८.५ प्रतिशतका दरले व्याज प्राप्त गर्न सक्ने छन्। उक्त ऋणपत्र दोस्रो बजारमा पनि सूचिकृत हुन्छ। नेपाल स्टक एक्सचेन्जले ऋणपत्रलाई अनलाइन कारोबार गर्ने व्यवस्था मिलाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ