गृहपृष्ठ ∕ प्रदेश ∕ लुम्बिनी प्रदेश ∕ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु Karobarpati बिहीबार, २०७७ असोज ८ गते, १२:३४ मा प्रकाशित बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कोरोना सङ्क्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका नवलपरासी रामग्रामका नगरपालिका वार्ड नं. ३ का ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका उनलाई लामो समयदेखि कलेजोको समस्या रहेको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि असोज २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आइएको डा. थापाले जानकारी दिए । यस्तै कोरोना सङ्क्रमण भइ उपचारका लागि अस्पतालमा भर्ना भएका कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको डा थापाले जानकारी दिए । लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्या भई उपचार गराइरहेका मृतकलाई सङ्क्रमण पुष्टि भएपछि असोज १ कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनमा स्वास्थ्यमा थप समस्या देखिएपछि असोज २ गते भेन्टिलेटरमा राखिएकामा आज बिहान मृत्यु भएको डा. थापाले बताए। क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ६ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ७ ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी गत बर्ष १२ वटा वाणिज्य बैंक र १६ वटा लघुवित्त संस्था मर्जरमा सामेल समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी गत बर्ष १२ वटा वाणिज्य बैंक र १६ वटा लघुवित्त संस्था मर्जरमा सामेल