२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशसंक्रमितको घरमा सेनिटाइज गर्दै युवा समाजसेवी

संक्रमितको घरमा सेनिटाइज गर्दै युवा समाजसेवी


विराटनगर । व्यक्तिगत लगानीमा कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरुको घर र छिमेकीको घरमा विराटनगरका युवा समाजसेवी दिपक ढकालले सेनिटाइज गर्ने अभियानलाई निरन्तरता दिएका छन् ।

नेपाल स्टार ईटा उद्योगका संञ्चालक समेत रहेका समाजसेवी ढकालले अनेरास्ववीयुका केन्द्रिय सदस्य दिपेन मेहता संगको सहकार्यमा कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको घर संगै रहेको छिमेकीको घरमा दैनिक सेनिटाइज गर्दे आएका हुन् ।

आधुुनिक मेसिनले स्टीम प्रणाली मार्फत संक्रमितको घरमा दुवै जना मिलेर सेनिटाइज गर्दे आएका हुन्।दलगत भाव भन्दा माथी उठेर सेनिटाइज गर्नुको साथै आवश्यक सहयोग समेत गर्ने गरेको ढकालले बताए ।ढकाल संगै रहेका विद्यार्थी नेता दिपेन मेहताले सेनिटाइज गर्न चाहने जुन सुकै व्यक्तिको घरमा गएर सेनिटाईज गर्ने नीति अनुसार निरन्तर घरदैलोमा आउने गरेको बताए उनीहरुले संक्रमित र उनका परिवारस“ग भेटघाट समेत गर्ने गरेका छन ।

कोरोना संक्रमित माथि समाजिकरुपमा हुने दुव्र्यवहार र तिरस्कारजन्य व्यवहार विरुद्ध सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले संक्रमित र उनका परिवारसँग भेटघाट र सहयोग अभियान सुरु गरेको उनीहरुको कथन रहेको थियो ।अभियान अन्तर्गत दुवै जनाले करिव ८सय घरमा सेनिटाइज गर्नुको साथै वृद्धाश्रम , अनाथ आश्रममा समेत गर्ने गरेको छ ।

वडा स्तरमा वडा अध्यक्षले माग गरेअनुसारको सहयोग गर्ने तयार रहेको समाजसेवी ढकालले बताए । सेनिटाइज गर्न चाहिने सवै खर्च म तिर्छु उनले भने -‘ वडा स्तर वाट मात्रै जनशक्ति दिनु पर्ने छ ।‘ संक्रमितलाई समाजले विभेद गर्नु नहुनेमा जोड दिदै उनले संक्रमण बारे चेतना समेत वडा स्तरमा दिने अभियान सञ्चालन गर्न तयारी गरेको बताए ।


क्याटेगोरी : समाचार, समाज, कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ