२०८१ माघ १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रतेल किन्न पैसा छैन भन्ने आयल निगमले आईओसीलाई पठायो १३ अर्ब २० करोड 

तेल किन्न पैसा छैन भन्ने आयल निगमले आईओसीलाई पठायो १३ अर्ब २० करोड 


काठमाडौँ- नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आर्इओसी)लाई १३ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरेको छ ।

सञ्चित बचत शून्यमा झरेपछि तेल किन्नसमेत पैसा नभएको बताएको निगमले सरकारसँग ऋण लिएर सोमबार आइओसीलाई रकम भुक्तानी गरेको हो ।

निगमले मूल्य स्थिरीकरण कोषबाट  एक अर्ब ८० करोड रुपैयाँ लिएर जनवरी महिनाको दोस्रो किस्ताबापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको शुक्रबारको बैठकले आइओसीलाई तिर्न अपुग एक अर्ब ८० करोड रुपैयाँ निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो । कोष सञ्चालक समितिको अध्यक्ष वाणिज्य तथा आपूर्ति सचिव रहने व्यवस्था छ ।

निगमले दोस्रो किस्ताबापत आइओसीलाई २३ तारिखमा रकम बुझाउनुपर्ने भए पनि आइतबार आइओसी बन्द भएका कारण एक दिन पछि भुक्तान गरेको हो । निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा निगमको घाटा पनि चुलिँदै गएको छ । नेपालमा वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।


क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट, समाचार
ट्याग : #इन्डियन आयल कर्पोरेसन, #नेपाल आयल निगम


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ