भ्रामक र मिथ्यापूर्ण समाचारवाट वच्न नसके लोकतन्त्र खतरामा पर्ने कुरा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले बताएका छन । नेपाल मतदाता अधिकार मंचले राजधानीमा आयोजित एक कार्यक्रममा राजदूत बेरीले नेपाल एक लोकतान्त्रिक मुलुक हो र अमेरिका पनि तर लोकतन्त्रमा गलत र भ्रामक सूचना दिईदा यसले लोकतन्त्रलाई नै खतरा पुग्ने उनको भनाई रहेको छ । आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो तर यस्तो चुनावको वेलामा भ्रामक र गलत सूचना प्रवाह गर्दा त्यसको दुरुपयोग हुने र निर्वाचन प्रकृयानै विथोलिन सक्ने उनले धारणा राखे ।
अमोरिकामा हाल कोभिड १९ वाट मृत्युहुनेको संख्या धेरै भएको र त्यस्तो मृत्युलाई कोभिड विरुद्धको खोपले वचाउन सक्थ्यो तर खोप खराव हा,े नकारात्मक तथा भ्रामक सूचना फैलाईएको हुंदा उनीहरुले खोप लगाएन् जसको मूल्य मृत्यु सम्म पुग्यो । साथै अहिले संसार डिजिटल युगमा रहेको र त्यस्ता भ्रामक सूचनाहरु झन छिटो फैलिने हुंदा त्यसलाई रोक्नु पर्ने उनको धारणा थियो । तीन दिने अभिमुखीकरण कार्यक्रममा प्रदेश १ देखि ४ का १८ देखि ३० वर्ष उमेर समूहका ३५ जना युवा युवतिहरुलाई भेला पारि भ्रामक र गलत सूचनावाट कसरी वच्ने र त्यसलाई रोक्ने उपायहरु खोज्नको लागि कार्यक्रम आयोजना गरिएको छ ।
सो कार्यक्रमलाई सम्वोधन गर्दै निर्वाचन आयोगका पूर्वआयुक्त भोजराज पोख्रेलले यो भ्रामक र मिथ्या समाचारले कस्तो सम्म प्रभाव पार्छ भन्ने वताउन उनले आफु निर्वाचन आयोगमा रहंदा सन २००८ मा गराएको निर्वाचनको स्मरण गरे । कुनै पार्टीको नाम नलिईकन, त्यति वेला डिजिटल क्यामेराहरु भर्खर वजारमा आएको थियो तर अहिले जस्तो व्यापकता थिएन त्यसैलाई देखाउंदै मतदाताहरुलाई त्रसित वनाउन हामीले यस्ता क्यामेराहरुवाट भोट के मा हाल्यो भन्ने थाहा पाउंछौ अतः त्यसको परिणाम के हुन्छ त्यसको विचार गर्नु भन्ने भ्रामक समाचार फैलाएछन् । चुनाव हुन दुईतीन दिन मात्र वांकी रहेको अवस्थामा यस्तो समाचार चिर्नलाई निर्वाचन आयोगलाई धेरै अप्ठेरो परेको थियो । त्यस्तै चुनावको अनुगमन गर्न खटाईएका व्यक्तिहरुले आफ्नो सीमित अधिकार भन्दा पर रहेर १० हजार भन्दा वढि चुनाव केन्द्रहरुमा पुनः निर्वाचन गर्नु पर्ने वताएका थिए, यदि उनीहरुको कुरालाई मानिएको भए चुनाव पकृया विथोलिने संभावना रहेको थियो । चुनाव ताका यस्ता भ्रामक समाचार तथा अधिकार क्षेत्रभन्दा वाहिरको कुरा पनि सीमित वा गलत जानकारीको कारणले गर्दा हुने भएको हुंदा यस्ता भ्रामक तथा मिथ्यापूर्ण कुराहरुलाई चिर्न अत्यन्तै आवश्यक भएको कुरा वताए ।
निर्वाचन आयोगकी आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचन आयोग अव हुने स्थानीय निकायको निर्वाचन गराउन दत्तचित्त भएर लागेको तथा युवाहरुलाई मतदाताको रुपमा वढि भन्दा वढि संलग्न गराउन चैत्र सम्म १८ वर्ष पुगेका युवाहरुलाई मतदाता सूचीमा समावेश गराउन लागि परेको वताईन । यो भ्रामक र मिथ्यापूर्ण सूचनाको असर धेरै नकारात्मक हुने हुंदा अहिलेको युवा पीढीलाई त्यसलाई चिर्न संलग्न गराउने काम आफैमा अत्यन्त सर्हानीय काम भएको र अभिमूखिकरणमा भागलिने युवाहरुलाई प्रशिक्षकहरु जो आफैमा ज्ञानका समुन्द्र हुन उनीहरुवाट वढि भन्दा वढि ज्ञान लिनुपर्ने वताईन । उनले त्यसमा थप जोड दिदै भनिन अभिमूखीकरणवाट आफ्नो कार्यक्षेत्रमा जांदा यस्तो अवसर नपाईने हुंदा आफुलाई लागेका सवै जिज्ञाशाहरुलाई त्यस्ता श्रोत व्यक्तिहरुको सहयोगमा पुरा गरेर मात्र जानलाई सुझाईन ।
कार्यक्रमको सभापतित्व नेपाल मतदाता अधिकार मंचका अध्यक्ष भक्त विश्वकर्माले गरेका थिए र कार्यक्रममा अमेरिकी दूतावासका अन्य प्रतिनिधि तथा केही नागरिक समाजका अगुवाहरुको समेत उपस्थिति थियो ।