अमेरिकी सहयोग परियोजना ९एमसीसी० अनुमोदनको विरोधमा प्रदर्शनकारीमा उत्रिएसँगै सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरिएको छ ।
तोडफोड सहित प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको हो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोधी प्रदर्शन चर्किएको थियो ।
स्थानीय प्रशासनले प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै सोमबार साँझ सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
विभिन्न दलहरुको पार्टी कार्यालयमा तोडफोड र आगजनी बन्दकर्ताले गरेका छन् ।
जिल्ला प्रशासन सुर्खेतका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू जारी छ ।