२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने

एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने


काठमाडौं । सहज एवं सबल बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने  आकर्षक योजना ल्याएको छ ।

बैंकका अनुसार याे याेजना  चैत्र १ देखि आउदो वर्षको वैशाख ३१ सम्मका लागी लागू हुनेछ  ।  यस याेजनामा  बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।

बैंकको मोबाइल बैंकिङ मार्फत आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहक महानुभावहरूले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नुहुनेछ ।

ग्राहकले आफ्नो मोबाइलमा रहेको एनआईसी एसिया मोबाइल बैंकिङ भित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूणर् शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।साथै, बैंकका कुनै एक ग्राहकले अर्को कुनै ग्राहक महानुभावलाई पठाएको रेमिट रकम एनआईसी एसिया बैंकबाट सहजै बुझ्न सकिने नवीन सुविधा समेत यस एपमा रहेको छ ।

यसका लागि ग्राहकले एनआईसी एशिया बैंक भित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिट भित्र आफुलाई प्राप्त रकम र विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गर्न सक्नेछन् ।

दुई महिने निःशुल्क रेमिट्यान्स योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नुका अलावा गा्रहकरूको अमूल्य समयको बचत भई डिजिटल रेमिट्यान्स कारोबारको प्रबद्र्धनमा सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंकको देशभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एनआईसी एशिया बैंक, #दुई महिने निःशुल्क रेमिट्यान्स योजना


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ