२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको जानकारी दिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ६२ हजार ७ सय ४० जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ५ सय २८ जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ