२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगभर्नरमाथि गरिएको कारबाहीविरुद्ध राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलनमा

गभर्नरमाथि गरिएको कारबाहीविरुद्ध राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलनमा


काठमाण्डौ । सरकारले गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाहीविरुद्ध नेपाल राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
कर्मचारीहरुले सरकारले छानबिनका लागि भन्दै गभर्नर अधिकारीमाथि गरिएको कारबाहीको विरोधस्वरुप आज केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउदै कोण सभा आयोजना गरेका हुन्।

उक्त सभालाई नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले सम्बोधन गदै जबजब राज्य सञ्चालकहरु वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने गर्छन् तब तब राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको तिम्सिनाले बताए ।

उनले हालको गभर्नरमाथिको आक्रमण नयाँ नभई योभन्दा अगाडि पनि राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमणहरु हुने गरेकाे  उनले भने । यसअघि पनि केन्द्रीय बैंकका गभर्नरहरुमाथी तत्कालीन सरकारहरुले गरेको बर्खास्ती तथा निलम्बनको विरोध कर्मचारीहरुले गरेको तिम्सिनाले स्मरण गराए ।

गभर्नर अधिकारीमाथि गरिएको कारबाही फिर्ता गर्न सरकारसँग माग गरे। कारबाही फिर्ता नभए आन्दोलनका थप कार्यक्रमहरु बाध्य हुने चेतावनी पनि उनले बताए।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय लगायत उपत्यका बाहिरका सम्पूणर् कार्यालयहरुमा एकैसाथ गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाहीविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल राष्ट्र बैंक, #नेपाल राष्ट्र बैंक कर्मचारी संघ, #महाप्रसाद अधिकारी, #रुद्रप्रसाद तिम्सिना


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ