२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै

विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै


 

काठमाडाैं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउँदैछन् । उनी तीन दिने भ्रमणका लागि काठमाडाैं आउन लागेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार टेड्रोस भारत हुँदै नेपाल आउन लागेका हुन् ।

टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री विराेध खतिवडालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

कोभिड महामारीमा काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण पनि उनले गर्नेछन् ।

भ्रमण १० वैशाखसम्म हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #डा टेड्रोस एडहानोम गेहब्रेयसस, #डा समीरकुमार अधिकारी, #प्रधानमन्त्री शेरबहादुर देउवा, #राष्ट्रपति विद्यादेवी भण्डारी, #राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, #विराेध खतिवडा, #विश्व स्वास्थ्य संगठन, #शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ