२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसानिमा जनरल इन्स्योरेन्सको आईपीओमा रेकर्ड ब्रेक

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा रेकर्ड ब्रेक


काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको साधारण सेयर ८ लाख ८२ हजार ७०३ जनाले १ करोड ८९ लाख ७५ हजार ६० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।

सानिमाले ३० लाख कित्ता सेयर जारी गरेकोमा सर्वसाधारका लागि २७ लाख ३० हजार कित्ता सेयर बिक्री खुला गरिएको थियो ।

कम्पनीले प्रति कित्ता सय रुपैयाँका दरले ३० करोड रुपैयाँको ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

सानिमा इन्स्योरेन्सको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कुल ३० लाख मध्ये १ लाख २० हजार कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ