२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट

सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट


सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच गा्रहकलाई छुट प्रदान गर्ने एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान वा डेबिड/क्रेडिट कार्डमार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट पाउने छन् ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिपकुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।
बैंकले देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम सञ्चालनमा रहेका छन् । यस्तै बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #अन्नपूर्ण केबलकार, #सानिमा बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ