२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअसार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै

असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै


 काठमाडौं । असार मसान्त नजिकिँदै जाँदा वाणिज्य बैंकहरुमा दैनिक औसत १०/१२ अर्ब रुपैयाँको दरले निक्षेप बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थाको मंगलबार कुल निक्षेप ५० खर्ब ४७ अर्ब पुगेको थियो । सोमबार भने ५० खर्ब ३३ अर्बमा सिमित भयो । केन्द्रिय बैंकको उक्त तथ्यांकमा वाणिज्य बैंकको निक्षेप ४४ खर्ब ५७ अर्ब रहेको छ । यो सोमबारको तुलनामा १३ अर्बले बढेको हो ।

त्यस्तै विकास बैंक तथा फाइनान्स कम्पनीको निक्षेप ५ खर्ब ९० अर्ब पुगेको छ । राष्ट्र बैंकका अनुसार कुल कर्जा लगानी ४७ खर्ब ६ अर्ब रहेको छ ।

साथै, वाणिज्य बैंकको कर्जा लगानी ४१ खर्ब ७६ अर्ब रहेको छ भने विकास बैंक तथा फाइन्नस कम्पनीको कर्जा ५ खर्ब ३० अर्ब पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेसँगै सिडी रेसियो ८८.३५ प्रतिशत पुगेको छ । अन्तर बैंक ब्याजदर भने ७.०१ प्रतिशतमै स्थिर कायम भएकाे छ  ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल राष्ट्र बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ