२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनआईसी एशियाका ३ जना बचतकर्ताले पाए बीमा बापत १०-१० लाख

एनआईसी एशियाका ३ जना बचतकर्ताले पाए बीमा बापत १०-१० लाख


कठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्र्तगतको बचत खाता खोल्ने ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले कुल रू. ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।

उक्त बीमा लाभ प्राप्त गर्नमा हरिन्द्र शाह तेली, प्रचण्ड जंग शाह र सञ्जित तामाङ रहेका छन ।बिमा लाभ प्राप्त गरेकाका लाभदायीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल संयुक्त रुपमा एक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १,१३७ जना भन्दा बढी ग्राहकले घातक रोग बीमा वापत रू. २ करोड ४० लाख, दुर्घटना बीमा वापत रू. ४० लाख र मेडिकल बीमा वापत रू. २ करोड ६९ लाख गरी कुल रू. ५ करोड ४९ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन ।

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहक माझ ल्याएको छ । यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्न बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई-कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस/सी आइपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूणर् रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एनआईसी एशिया बैंक, #नेपाल इन्स्योरेन्स, #प्रचण्ड जंग शाह, #विशाल सिग्देल, #सञ्जित तामाङ, #सन्तोष कुमार राठी, #सर्वश्रेष्ठ बचत खाता योजना, #हरिन्द्र शाह तेली


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ