२०८२ वैशाख २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय वाणिज्य बैंकले ल्यायो दशै तिहार अफर

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो दशै तिहार अफर


काठमाडौं । आउदो दशै तिहारलाई लाई लक्षित गर्दै राष्ट्रिय वाणिज्य बैकले कात्तिक १ देखि सबै शाखा मार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने भएको छ ।

विश्व समुदायमा त्रिवगतिमा फैलिएको कोरोना माहामारीबाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने छ । यस प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

त्यसको लागि बैंककै प्वाइन्ट अफ सेल (पीओएस) को माध्यमवाट भुक्तानी सेवा शुरु गरेको छ । देशभर रहेको विभिन्न व्यवसायहरुमा बैंकको कार्डबाट पीओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यासब्याक हुने छ ।

वाणिज्य बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ