काठमाडाैं । सिक्लेस हाइड्रोपावर लिमिटेडले योजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीयबासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो ।
निष्काशन बन्द छिटोमा साउन २० गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद भदौ ५ गतेसम्म लम्बिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्।
आईपीओमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।
कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ। अथार्त कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत रहेको बुझिन्छ।