२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाजआइतबारसम्म देशभर वर्षाको सम्भावना, आज पाँच प्रदेशमा भारी वर्षाको प्रक्षेपण

आइतबारसम्म देशभर वर्षाको सम्भावना, आज पाँच प्रदेशमा भारी वर्षाको प्रक्षेपण


काठमाडौं ।आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । आज देशभर बदली छ । धेरै स्थानमा वर्षा हुने भएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

शनिबार पनि मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको हुनसक्ने महाशाखाले जनाएको छ ।

आइतबार पनि देशभर वर्षाको प्रक्षेपण गरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको  आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #वर्षा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ