२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाजयातायात कार्यालयको अनुगमनमा मन्त्री श्रेष्ठ

यातायात कार्यालयको अनुगमनमा मन्त्री श्रेष्ठ


काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार काठमाडौं उपत्यकाका यातायात कार्यालयको अनुमगन गरेका छन् ।

सवारी चालक अनुमतिपत्र लिनदेखि विभिन्न सेवा प्राप्त गर्न सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको गुनासो आइरहेका बेला उप्रधान तथा यातायात मन्त्री श्रेष्ठले मंगलबार एकान्तकुना, ठूलोभर्‍याङ र गुर्जुधारा यातायात कार्यालयको अनुगमन गरेका हुन् । सो क्रममा उनले सेवाग्राहीका गुनासो समेत सुनेका थिए ।

मन्त्री श्रेष्ठले यातायात व्यवस्था सुधार विषयमा सरकारले तत्काल काम थाल्नका लागि प्रदेश सरकारसँग छलफल गरिरहेको जानकारी दिएका थिए ।


क्याटेगोरी : समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ