२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठविविधन्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु

न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु


काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली छ भने पश्चिमी र मध्य तराईमा कुहिरो लागिरहेको छ ।

दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  प्रदेश १ को हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहनेछ । शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ ।



क्याटेगोरी : विविध, समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ