काठमाडौं । राहदानी विभागले सिस्टम देखिएको समस्या समाधान भइसकेको जानकारी गराएको छ ।
विभागले आज एक सूचना जारी गदै पुस १७ गते देखिएको समस्या समाधान भइसकेको र राहदानीको आवेदन दिएका आवेदकहरुले आफ्नो मोबाइलमा म्यासेज प्राप्त भएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिन आउन अनुरोध गरेको छ ।
विभागले पुस १७ गतेदेखि सिस्टममा समस्या आई राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध हुन गएकाले पुस १९ गते देखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको थियो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचयपत्रमा देखिएका समस्या समाधान गरी चुस्तदुरुस्त सेवा दिने निणर्य गरेको थियो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगेर सेवाग्राही र विभागको अवस्थाबारे जानकारी लिएका थिए ।
