२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदुई सातापछि तराईको मौसममा आंशिक सुधार

दुई सातापछि तराईको मौसममा आंशिक सुधार


 

काठमाडौं – तराईको मौसममा केही सुधार आएको छ ।

दुई सातादेखिको शीतलहर क्रमशः कम हुँदै गएको छ भने धेरैजसो क्षेत्रमा दिउँसोपख हल्का घाम लाग्न थालेको छ । यद्यापि, साँझबिहान भने हुस्सु र कुहिरो कायमै छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।

राति उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ ।


क्याटेगोरी : समाचार, समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ