२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo

काठमाडौ  । काठमाडौकाे  नयाँ बानेश्वरस्थित संघीय संसदभवन आगाडी आत्मदाहको प्रयास गर्ने इलामका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

पञ्चकन्या-६ इलाम घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले मंगलबार संघीय संसद् भवन अगाडि आफैमाथि पेट्रोल छर्किएर आगो लगाएका थिए ।

आगो सल्किएपछि गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । उनको शरीर ८० प्रतिशत जलेको थियो ।

आचार्यको उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ । आत्मदहको गर्नुअघि उनले आफ्नो फेसबुकमा निकै लामो निरासाजनक स्टाटस लेखेका थिए । उनले फसबुकमार्फत आफू हरेक क्षेत्रबाट निराश भएको कारणले आत्माहत्या गर्न बाध्य भएको बताएका छन् ।


क्याटेगोरी : समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ