२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाजछैठौ युथ डेमोक्रेसी क्याप सम्पन्न

छैठौ युथ डेमोक्रेसी क्याप सम्पन्न


काठमाडौं । लोकतन्त्रको विभिन्न आयामहरुको विषयमा युवाहरुलाई शसक्तिकरण गर्ने उद्देश्यले युथ एड्भोकेसी नेपालको आयोजनामा ललिततपुरको कोतडाँडामा ३ दिने छैठौ युथ डेमोक्रेसी क्याप सम्पन्न भएको छ ।

भिएसओ नेपाल, एक्सन ऐड नेपाल, आएम स्विडिस डिभेलपमेन्ट पार्टनर, नाफान तथा ग्लोवल पिस फाउन्डेनसँगको सहकार्यमा आयोजना भएको कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट ३० जना युवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा लोकतन्त्रको अवधारणा, सहभागितामुलक लोकतन्त्रको आयाम, मानवअधिकार, युवा नेतृत्व, लोकतन्त्रमा नागरिक समाजको महत्व लगायत सातवटा विभिन्न विषयमा सहभागिलाई प्रशिक्षण गरिएको थियो ।

कार्यक्रमलाई सहजीकरण गर्दै, लोकतन्त्रलाई सुदृढीकरण गर्न स्वतन्त्रता र समानतालाई समानरुपमा जोड दिनु पर्ने युथ एड्भोकेसी नेपालका सल्लाहाकार नरेन खतिवडाले वताए । उनले अगाडी भने, ‘नीति निर्माण प्रकृयामा युवाको अर्थपुणर् सहभागिताले मात्र लोकतन्त्रको विकास हुन्छ ।’

परम्परागत लोकतन्त्रको ठाँउमा सहभागितामुलक लोकतन्त्रको पैरवी युवाहरुले गर्नु पर्नेमा प्रशिक्षक तथा अधिकारकर्मी भोला भट्टराईको जोड थियो । उनले अगाडी भने,‘ सहभागितामुलक लोकतन्त्रले मात्र जनताको वास्तविक अधिकारको संरक्षण गर्दछ ।’

लैङ्गिक समनतालाई प्रवद्र्धन गर्नका लागि परम्परागत मुल्य, मान्यता तथा संस्कारलाई परिर्वतन गर्नु पर्नेमा कोक्यापका अध्यक्ष रोशना खड्काका जिकिर थियो । लोकतान्त्रिक मुल्य मान्यतालाई संस्थागत गर्नका लागि नेपाल नै भरी युथ डेमोक्रेसी क्याप आयोजना गरिने युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले वताए ।

क्याम्पमा आयोजना गरिएका विभिन्न सत्रहरुलाई राजकुमार उप्रेती, हंसराज जोसी, सन्तोस थापा, विनय कार्की, दिवाकर उप्रेती, संजय पन्थी, सुरन महर्जन, लक्ष्मी चौधरी, गंगा कँडेल, फिनिक्स केनी, विकास केसी लगायतका अधिकारर्मीहले प्रशिक्षण गरेका थिए ।

तिनदिने प्रशिक्षणले लोकतन्त्रको बुझाईलाई फराकिलो वनाएको क्याम्पमा सहभागीहरुको भनाई थियो । सिकेका ज्ञान र सिपलाई उनीहरुको व्यक्तिगत, पारिवारिक तथा समुदायगत जिवनमा प्रयोग गर्ने सहभागिहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।

नागरिकमिरर डटकमबाट साभार


क्याटेगोरी : समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ