२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाजघटनाप्रति दुःख व्यक्त गर्दै एलओडीले भन्योः कानुनलाई पालना गरी व्यवसाय गरेका छौ

घटनाप्रति दुःख व्यक्त गर्दै एलओडीले भन्योः कानुनलाई पालना गरी व्यवसाय गरेका छौ


काठमाडौँ – एलओडी क्लबले कानुन भन्दा माथि कोही पनि नरहने बताएको छ । क्लबले कानुनको परिधिभित्र रहेर व्यवसाय गरेको प्रस्ट पारेको छ ।

ठमेलस्थित एलओडी क्लबमा केही साताअघि आएकी किशोरीलाई एक पुरूषले ललितपुरमा लगि बलात्कार गरेका थिए ।

प्रहरीले क्लबमा नाबालिक किशोरीलाई प्रवेश गराएको भन्दै सञ्चालकलाई नियन्त्रणमा लिएको थियो । किशोरीमाथि भएको घटनाप्रति दुःख व्यक्त गदै क्लबले विज्ञप्ति मार्फत पीडित र परिवारप्रति क्लबको सदा साथ रहने प्रतिवद्वता जाहेर गरेको छ । कानुनको पालना गदै कानुनको परिधिभित्र रहेर व्यवसाय गरेका छौ र गर्नेछौ क्लबले विज्ञप्तिमा भनेको छ ।

क्लबले हरेक कुराको सुरक्षा गर्न क्लब कटिबद्ध रहेको हामी आफूलाई जवाफदेही बनाउँछौं भनेको छ । कानुनको पालना गर्दागदै क्लब थोरै चुक्न पुगेकाले यसका लागि क्लबले क्षमा मागेको छ ।’

क्लबले ’सामाजिक न्याय र लैङ्गिक समानता प्रति प्रतिवद्व रहेको बताएको छ । उक्त घटनाले क्लबलाई दुःखीत बनाएको र सदा पीडित किशोरी र परिवारप्रति हाम्रो सदा साथ रहनेछ,’ क्लबले विज्ञप्तिमा भनेको छ । केहि कमी कमजोरी क्लब व्यवस्थापनको तर्फबाट भएको स्वीकार गदै घटना प्रति क्बलले दुख व्यक्त गरेको  छ ।

उक्त घटना दुभाग्यपूणर् क्लब परिसरमा नभएर क्लबभन्दा बाहिर भएको र घटना क्लबभित्र भएको भए त्यसको सम्पूणर् जिम्मा लिन सदा तयार छौ क्लबले बताएको छ ।

क्लबलाई सामाजिक मूल्य मान्यता कर्तव्य, दायित्व प्रति बोध भएको सामाजिक सिमाहरु भन्दा बाहिर गएको महसुस भइसककेको क्लबले बताएको छ ।

उक्त घटनाबाट पाठ सिक्दै र घटना फेरि नदोहोरियोस् भनेर क्लब सचेत र सजग रहेको र क्लबले आफ्नो जिम्मेवारीबाट कहिले पछि नहटने क्लबले भनेको छ । क्लबले १८ वर्षमाथिकालाई प्रवेश अनुमति दिने कुनै पनि नाबालिग किशोर-किशोरीलाई क्लबमा प्रवेश गर्न अनुमति छैन । क्लब प्रवेश गर्ने उमेर खुल्ने परिचय पत्र अनिवार्य पर्ने र कर्मचारीले आवश्यक र शंका लागेमा ग्राहकलाई जुनसुकै समयमा परिचयपत्र माग्न सक्छन् ।

एलओडीले सधैँ आफ्ना कर्मचारी र ग्राहकको सुरक्षालाई प्राथमिकतामा राखेको छ । क्लबले ग्राहकलाई अतिथि र कर्मचारीलाई परिवार सम्झेर व्यवहार गरिरहेको स्मरण गराएको छ । ’हाम्रो प्राथमिकतामा सबै अतिथिहरूको लागि सुरक्षित वातावरण उपलब्ध गराउनु हो,’ विज्ञप्तिमा लेखिएको छ ।

क्लबले सार्वजनिक क्षेत्र कभर गर्ने गरी सीसी क्यामेरा जडान गरिएको बताएको छ । प्रविधिले हामीलाई क्लब भित्र र बाहिरका गतिविधिहरूलाई नियाल्न सहज भएको छ । जसले अवाञ्छित गतिविधिलाई रोक्न नियन्त्रण गर्ने क्लबको विश्वास छ ।

क्लब जानेहरूको सुरक्षा गर्न पनि तयार रहेको जनाएको छ । क्लबले सबैको सुरक्षा गर्नु आफ्नो जिम्मा रहेको बताएको छ । ’सुरक्षित र मनोरञ्जन वातावरण बनाउन र काठमाण्डौँ बाहिरका पाहुना, स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्न सधै आतुर छौँ,’ विज्ञप्तिमा प्रस्ट पारिएको छ ।


क्याटेगोरी : समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ